वडाध्यक्ष र प्रधानाध्यापकमाथि रडले निर्घात कुटपिट
सिन्धुपाल्चोक, माघ २१ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का वडाध्यक्ष सनतकुमार अधिकारीसहित दुई शिक्षकमाथि कुटपिट गरिएको छ।
रत्न राज्य....

सिन्धुपाल्चोक, माघ २१ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का वडाध्यक्ष सनतकुमार अधिकारीसहित दुई शिक्षकमाथि कुटपिट गरिएको छ।
रत्न राज्य माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सकेर खाजा खाइरहेको वेला वडाध्यक्ष अधिकारी, सोही विद्यालयका प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिनामाथि कुटपिट भएको हो। जुगल–५ का वडा सदस्य यमबहादुर मगरको नेतृत्वमा सात जनाको समूहले कुटपिट गरेको जनाएको छ।
रडले प्रहार गर्दा वडाध्यक्ष अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। कुटपिटमा संलगन ६ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको काफ्लेले बताए।
घाइते वडाध्यक्ष अधिकारी र दुवै जना शिक्षकलाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल ल्याइएको छ। वडाध्यक्षको टाउकोमा रगत जमेको र दुवै शिक्षकको शरीभरभरी निलडाम रहेको अस्पतालले जनाएको छ।











