Kathmandu Press

नेपाली महिला टिम मलेसियासँग पराजित, सिरिज २–२को बराबरीमा

शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भए पछि ५ खेलकाे सिरिज २-२काे बराबरीमा आएकाे हाे।
नेपाली महिला टिम मलेसियासँग पराजित, सिरिज २–२को बराबरीमा
Hardik ivfHardik ivf

काठमाडाैं, जेठ २० : मलेसियामा जारी टि–२० सिरिजको चौथो खेलमा नेपाली महिला क्रिकेट टिम पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भयो।

यो पराजयसँगै ५ खेलको सिरिज २–२को बराबरीमा आएको छ। सिरिजको पहिलो खेलेमा मलेसिया ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले जितेको थियो। यस्तै तेस्रो खेल नेपालले २७ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर भेटायो। उसका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक  ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३ रन बनाइन्।

नेपालका लागि कविता कुँवर, कप्तान रुविना क्षेत्री, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सकेको थियो।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाइन्। यस्तै, विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन् ।

कविता जोशी १२ रनमा नटआउट रहिन्। मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् ।

अब सिरिजकाे अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ।

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्