Kathmandu Press

लिग २ का प्रत्येक जितवापत क्रिकेटरले २० हजार पाउने

नेपाल क्रिकेट संघ (क्यान) लिग–२मा प्राप्त प्रत्येक जितमा टिममा रहेका प्रत्येक खेलाडीलाई २० हजार रुपैयाँका दरले दिने घोषणा गरेको छ।
लिग २ का प्रत्येक जितवापत क्रिकेटरले २० हजार पाउने

काठमाडाैं, जेठ २० : करिब २ महिना अगाडि सम्पन्न भएको एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसिसी विश्वकप लिग–२का प्राप्त गरेको प्रत्येक जितवापत खेलाडी नगद पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) लिग–२मा प्राप्त प्रत्येक जितमा टिममा रहेका प्रत्येक खेलाडीलाई २० हजार रुपैयाँका दरले दिने घोषणा गरेको छ। क्यानको विशेष साधारणले खेलाडीको प्रदर्शनको कदर गर्दै नगद पुरस्कार दिने निर्णय गरेको कार्यबहाक सचिव दूर्गाराज पाठकले बताए।

Hardik ivf

लिग २मा नेपाल पछिल्ला १२ मध्ये ११ खेल जित्दै तालिका तेस्रो हुँदै जिम्बाबेमा हुने विश्वकपको ग्लोबल छनोटमा पुगेको थियो। लिग २ का ३९ मध्ये नेपालले १९ खेल जितेको थियो भने एक बराबरी र एउटा खेल रद्द भएको थियो ।

सचिव पाठकले बराबरी भएको खेलसहित २० खेलमा सहभागी भएका हरेक खेलाडीलाई २० हजारका दरले नगद प्रदान गरिने बताए । उनले नेपालले खेल जितेको शृंखलामा अन्तिम टोलीमा रहेका खेलाडीले खेल नखेलेपनि उक्त पुरस्कार पाउने पाठकले बताए।

नेपालले जितेको सबै खेलमा सहभागी हुनेमा वर्तमान कप्तान रोहितकुमार पौडेल, करण केसी र दीपेन्द्र सिंह ऐरी छन् । क्यानको घोषणा अनुसार उनीहरूले ४ लाखका दरले पाउनेछन्।

 

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्