Kathmandu Press

अजिताको बलात्कारपछि हत्या आरोपमा पाँच पक्राउ

काठमाडौं, माघ २१ : हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार पत्रकार सम्मे....

अजिताको बलात्कारपछि हत्या आरोपमा पाँच पक्राउ

काठमाडौं, माघ २१ : हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

अजिताको माघ ४ गते मकवानपुरको क्याम्पाडाडाँमा गशव भेटिएको थियो। अद्र्धनग्न अवस्थामा भेटिएकी अजिताको बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेका छन्। उनीहरूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललनकुमार कुर्मीले बताए।

प्रहरीका अनुसार, उनीहरू थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र अजिताको हत्या गरेर शव क्याम्पाडाँडामा फालेका थिए। उनीहरूले अजितासँग यौनसम्पर्क पनि राखेका थिए। तर, पैसाको विषयमा विवाद भएपछि हत्या गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध बलात्कार तथा हत्यामा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, माघ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्