Kathmandu Press

एसियाली खेलकुद व्यवस्थापनका लागि त्रिपुरेश्वरमा सचिवालय स्थापना

चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका लागि स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे।
एसियाली खेलकुद व्यवस्थापनका लागि त्रिपुरेश्वरमा सचिवालय स्थापना

काठमाडाैं, जेठ १९ : एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ।

चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका लागि स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे। सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको बिकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए।

Hardik ivf

उहाले यस क्षेत्रमा बजेट कम हुन नलिन आफु लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए। उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागि उठेर काम गर्नुपर्नेमा जोड दिए।

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए। उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भइरहेको बताए।

विशेष तालिमका लागि विशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरी अघि बढ्ने उनले बताए।  

सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे। आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदैछ। 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्