उपल्लो डोल्पामा झाडापखालाको समस्या, औषधि अभाव
डोल्पा, माघ २१ : उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन्। चिसोका कारण उपल्लो डोल्पामा झाडापखालाको समस्या देखिएको हो।
डोल्पोब....

डोल्पा, माघ २१ : उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन्। चिसोका कारण उपल्लो डोल्पामा झाडापखालाको समस्या देखिएको हो।
डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको प्रकोप देखिएको डोल्पोबुद्ध गाउँपालिका–३ का वडा सदस्य लाप्कातेण्डुप लामाले बताए। परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ।
अहिले दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी परिरहेको वडा सदस्य लामाले बताए। उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह गरेका छन्।
मंसिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्। दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ। औषधि नहुँदा उपचारमा समस्या भएको वडा सदस्य लामाले बताए।











