Kathmandu Press

गोठमा मृत भेटिए वडाध्यक्ष

अछाम, मघ २१ : अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन्।

मंगलबार बिहान विनायक बजारबाट ३० ....

गोठमा मृत भेटिए वडाध्यक्ष

अछाम, मघ २१ : अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन्।

मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा उनको शव भेटिएको छ। ‘गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ,’ घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ।’

उनका अनुसार  घटनाबारे प्रहरीलाई आज बिहान साढे ६ बजे  जानकारी आएको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ।

अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली आइरहेको उनले बताए।

मृतक धामी शिक्षकबाट राजीनामा दिएर वडाध्यक्षमा चुनाव लडेका थिए। उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचत भएका थिए।

 

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, माघ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्