Kathmandu Press

खेलाडी पलायन राेक्नेलगायत माग राखेर लोकतान्त्रिक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

बिहीबार सिंहदरबारमा मन्त्री लिम्वुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायिक गर्दै लैजानुपर्ने, सवै विधाका खेल प्रतियोगीताको लागि बृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन्।
खेलाडी पलायन राेक्नेलगायत माग राखेर लोकतान्त्रिक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाैं, जेठ १८ : खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापन पत्र बुझाएको छ।

बिहीबार सिंहदरबारमा मन्त्री लिम्वुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायिक गर्दै लैजानुपर्ने, सवै विधाका खेल प्रतियोगीताको लागि बृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन्।

Hardik ivf

साथै संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फछ्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अबिलम्व व्यवस्थीत गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबास सहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई वर्षभरी निरन्तरता दिनुपर्ने लगाएतका माग राखेका छन्।

संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लिम्बूले खेल क्षेत्रको बिकास र बिस्तारका लागि सारेका मागहरुलाई सकारात्मक रुपमा लिएको बताए। उहाले पदमा बसुन्जेल इमान्दारीतापूर्वक खेल क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिवद्धता जनाए।

ज्ञापन पत्र बुझउदै संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले पदावधी सकिएका खेल संघहरुको निर्वाचन अविलम्व गर्नुपर्ने, भ्रष्टाचारमा लुप्त राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र सदस्यहरु सवैर्ला वर्खास्त गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, जेठ १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्