Kathmandu Press

फ्रेन्ड्स र हिमालयन शेर्पा बराबरी, पुलिसले न्युरोडलाई हरायाे

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
फ्रेन्ड्स र हिमालयन शेर्पा बराबरी, पुलिसले न्युरोडलाई हरायाे

काठमाडाैं, जेठ १८ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन्।

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई खेर फालेका थिए। बराबरीसंगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ।

त्यस्तै बिहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो।

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे। जितसँगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक रहेको छ।

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्