गृहसचिवमा महेश्वर न्यौपाने
काठमाडौं, माघ २१ : सरकारले महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिव बनाएको छ ।
यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।
....
काठमाडौं, माघ २१ : सरकारले महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिव बनाएको छ ।
यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो । निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा सरुवा भएका हुन् ।
अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ ।
प्रकाशित मिति: ०७:४२ बजे, मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
