नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्ने
क्यानले नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको खेलका तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले जुन ८मा स्कटल्यान्ड र जुन १०मा नेदरल्यान्ड्सँग खेल्ने छ।
काठमाडाैं, जेठ १८ : एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ।
क्यानले नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको खेलका तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले जुन ८मा स्कटल्यान्ड र जुन १०मा नेदरल्यान्ड्सँग खेल्ने छ।
नेपाली टिम विश्वकप तयारीका लागि बुधबार दक्षिण अफ्रिका पुगेको थियो। नेपाली टिमले आजबाट प्रशिक्षण थालेका छ। नेपाली टिम करिब २ साता दक्षिण अफ्रिकामा रहनेछ।
अहिलेसम्म २ खेल मात्र तय भएपनि क्यानले दक्षिण अफ्रिकामा नेपालले अन्य खेलका लागि समेत प्रयास गर्ने जनाएको थियो।
दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाबे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ ।
विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मै पहिलो खेल घरेलु टोली जिम्बाबेसँग खेल्नेछ । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेस्टइन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।