Kathmandu Press

रोमालाई हराउँदै सेभिया युरोपा लिग च्याम्पियन

इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । योसहित सेभिया सातौँ पटक च्याम्पियन बन्यो ।
रोमालाई हराउँदै सेभिया युरोपा लिग च्याम्पियन

काठमाडौं, जेठ १८ : स्पेनिस क्लब सेभिया यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ ।

इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । योसहित सेभिया सातौँ पटक च्याम्पियन बन्यो ।

हंगेरीमा गएराति भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे ।

रोमाका ब्रायन क्रिस्टान्टेले गोल गर्दा जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न सकेनन् । 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्