Kathmandu Press

सातदोबाटोमाथि मछिन्द्रकाे सहज जित, थ्री स्टार र संकटा बराबर

जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ। समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ।
सातदोबाटोमाथि मछिन्द्रकाे सहज जित, थ्री स्टार र संकटा बराबर

काठमाडाैं, १७ : जेठ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो। मछिन्द्रको जीतमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे। उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए।

खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरे पनि मछिन्द्र ३–१ ले विजयी भयो। जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ। समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ।

त्यस्तै बुधबार  नै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लव र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।

यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ। संकटाले २३ खेलमा २७ अंक जोडेको छ। 

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्