Kathmandu Press

पुरुष साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंकाले खेल्ने छैन्कु भने वेत र लेबनानले आमन्त्रित टोलीका रुपमा खेल्ने छन् । साफ च्याम्पियनसिप आउँदो असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं, जेठ १७ : भारतमा हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले हिजो ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंकाले खेल्ने छैन् भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा खेल्ने छन् । साफ च्याम्पियनसिप आउँदो असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो खेलमा नेपालले असार ९ गते आयोजक भारतसँग खेल्नेछ। तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल हुनेछ।

माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो।  

नेपालको प्रारम्भिक टोली

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर:  विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डर:  पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन  

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्