Kathmandu Press

चर्च बोइजको सहज जित

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च बोइजले विभागीय टिम एपिएफ माथि ४–१को जित निकाल्यो।
चर्च बोइजको सहज जित

काठमाडाैं, जेठ १६ : सहिद स्मारक ए डिभिजन लिगमा चर्च बोइज युनाइटेडले सहज जित निकालेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च बोइजले विभागीय टिम एपिएफ माथि ४–१को जित निकाल्यो।

यो जितसँगै चर्च बोइजले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको २३ खेलमा ४१ अंक भएको छ। समान खेलबाट ३७ अंक जोडेको जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ। २२ खेलमा ३६ अंक जोडेको मछिन्द्र क्लब तेस्रो स्थानमा छ। एपिएफ २९ अंकसहित छैठौं स्थानमा छ।

चर्च बोइजको जितमा कप्तान अनन्त तामाङले दुई गोल गरे भने भने मौसम सुब्बा र आशिष चौधरीले पनि गोल गरे। पिएफका आवाश लामिछानेले एक गोल फर्काए ।

तेस्रो मिनेटमा मौसमको गोलमा चर्च बोइजले सुरुआती अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा अनन्तले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

५५औं मिनेटमा अनन्तले गोल गरेपछि चर्चए बोइज सहज जिततर्फ अग्रसर भयो । ८३औं मिनेटमा आवाशले गोल गर्दै एपिएफलाई खेलमा फर्काउने प्रयास गरे । तर, ८९औं मिनेटमा आशिषले गोल गरेपछि चर्च बोइज ४–१ले विजयी भयो।

 

प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्