Kathmandu Press

सन्दीपविनै नेपाली टिम दक्षिण अफ्रिका जाने

सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यसायीको टिमले उनलाई दक्षिण अफ्रिका नपठाउने निर्णय गरेको थियो।
सन्दीपविनै नेपाली टिम दक्षिण अफ्रिका जाने

काठमाडाैं, जेठ १६ : नेपाली राष्ट्रिय क्रिकेट स्टार खेलाडी सन्दीप लामिछानेबिना नै दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ। नेपाली टिम आजै राति २ बजे विश्वकप छनोटका तयारीका लागि दक्षिण अफ्रिका जाँदैछ।

मुख्यप्रशिक्षक मोन्टी देसाईले सन्दीपलाई समेट्दै १६ सदस्यीय टिम घोषणा गरेका थिए। तर, सन्दीप विन टिम दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ।

सन्दीपविरुद्धको मुद्दाको फैसला गर्न जिल्ला अदालत काठमाडौंले ढिलाई गरेपछि उनी दक्षिण अफ्रिका जान नपाएका हुन्।

Hardik ivf

मंगलबार सन्दीपको मुद्दाको पेसी थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईले जबर्जस्ती करणी मुद्दा र पीडितले दिएको क्षतिपूर्तिको मुद्दालाई एकैसाथ सुनुवाई गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो।

अदालतको यस्तो निर्णयपछि सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीको टिमले उनलाई दक्षिण अफ्रिका नपठाउने निर्णय गरेको थियो। तर, विश्वकप छनोटका लागि जिम्बाबे जाने विषयमा पनि कुनै निर्णय भइसकेको छैन।

सन्दीपको खेललाई असर नपर्नेगरी अर्को पेसी तोक्न कानुनव्यवसायीले निवेदन दिने तयारी गरेका छन्। त्यसैले सन्दीपले विश्वकप छनोट खेल्ने सम्भावना कायमै छ। विश्वकप छनोट सुरु हुने अझै तीन साता बाँकी छ।

प्रक्रिया पूरा भएमा विश्वकप छनोटमा सन्दीपलाई टिममा समावेश गरिने कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

नेपाली टिमले दक्षिण अफ्रिकामा २ साता बिताउने छ। त्यहाँ ४ अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम उतैबाट विश्वकप छनोटका लागि जिम्बाबे जाने छ।

 


 

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्