Kathmandu Press

जावलाखेलले आर्मीलाई हरायो

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकको खेलमा जावलाखेलले विभागीय टिम त्रिभुनव आर्मी क्लबमाथि २–०को जित निकाल्यो।
जावलाखेलले आर्मीलाई हरायो

काठमाडाैं, जेठ १६ : सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब विजयी भएको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकको खेलमा जावलाखेलले विभागीय टिम त्रिभुनव आर्मी क्लबमाथि २–०को जित निकाल्यो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा जावलाखेल हावी भयो।

५५औं मिनेटमा एनकोटो मासोबीको गोलमा खेलमा जावलाखेलले सुरुआती अग्रता लियो। ७८औं मिनेटमा मासोबीले गोल गर्दै आर्मीविरुद्ध जावलाखेललाई २–०को जित दिलाए।

यो जितसँगै जावलाखेले उपाधि आशालाई जिवितै राखेको छ। जावलाखेल २३ खेलमा ३७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । र, शीर्ष स्थानको चर्च बोइजभन्दा १ अंकमात्र कम हो। यद्यपि चर्च बोइजले १ खेल कम खेलेको छ।

यता, जवालाखेलसँगको पराजयसँगै आर्मीको उपाधि जित्ने सम्भावना सकिएको छ। आर्मीको ३० अंकसहित पाचौं स्थानमा छ।

प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्