सन्दीपविरुद्धको मुद्दाको सुनुवाई फेरि सर्यो
किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीशले सन्दीपका कानुनव्यवसायीलाई मौखिक आदेश दिएको बताइएको छ। त्यसपछि मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।
काठमाडौं, जेठ १६ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दाको सुनुवाई मंगलबार पनि सरेको छ।
सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा र पीडितले दिएको क्षतिपूर्ति मुद्दालाई एकैसाथ सुनुवाई गर्ने प्रयोजनका लागि सारिएको हो। सन्दीपविरुद्धको मुद्दामा सुनुवाईका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा ३ नम्वरमा पेसी तोकिएको थियो।
किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीशले सन्दीपका कानुनव्यवसायीलाई मौखिक आदेश दिएको बताइएको छ। त्यसपछि मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।
अब लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा र पीडितको क्षतिपूर्तिसम्वन्धी मुद्दा अदालतमा एकैसाथ सुनुवाई हुनेछ। यसअघि पनि पटकपटक सुनुवाइ कहिले हेर्न नभ्याइने, कहिले प्राविधिक कारण दर्शाउँदै सर्दै आएको थियो।
योसँगै सन्दीपले विश्वकप छनोट खेल्न जिम्बाबे जाने पाउने भएका छन्। सन्दीपको खेललाई असर नपर्नेगरी अर्को पेसी तोक्न कानुनव्यवसायीले निवेदन दिने तयारी गरेको बताइएको छ।