च्यासलसँग हार्यो मनाङ मर्स्याङ्दी, अपराजित यात्रा टुंगियो
काठमाडौं, माघ २० : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ।
सातदोबाटोस्थित एन....

काठमाडौं, माघ २० : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मनाङ मर्स्याङ्दी च्यासल युथ क्लबसँग २–० ले स्तब्ध भएको हो। हारसँगै लिगमा मनाङको अपराजित यात्रामा पूर्ण विराम लागेको छ।
च्यासलसँग पराजित भएपछि मनाङको उपाधि यात्रामा धक्का लागेको छ। च्यासलको जितमा जापनिज खेलाडी ताइगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एक–एक गोल गरे।
च्यासलले खेलको २४ औं मिनेटमा जापनिज खेलाडी नाकामुराको गोलबाट सुरुवाती अग्रता लिएको थियो। नाकामुराले फ्रिकिङमार्फत आकर्षक गोल गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्यो। इन्जुरी समयको अन्तिम समयमा कप्तान साहुखलले टोलीका लागि दोस्रो गोल गर्दै २–० को जित दिलाए।
लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङको १० खेलमा १९ अंकका साथ लिगमा तेस्रो स्थानमा छ। च्यासलले १० खेलमा १२ अंकका साथ लिगको नवौं स्थानमा उक्लिएको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
