Kathmandu Press

फ्रेन्ड्समाथि पुलिसको जित, खुमलटारले हिमालयन शेर्पालाई हरायाे

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि २–१ को जित निकाल्यो।
फ्रेन्ड्समाथि पुलिसको जित, खुमलटारले हिमालयन शेर्पालाई हरायाे

काठमाडाैं, जेठ १५ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि २–१ को जित निकाल्यो।

पुलिसको जितमा अन्जन राईले दुई गोल गरे भने फ्रेन्ड्सका विकास थापाले गोल गरे।

खेलमा तेस्रो मिनेटमै पुलिसले अग्रता लियो । उसका अन्जनले गोल गरेका थिए । २०औं मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । तर, ३५औं मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई २–१को अवस्थामा ल्याए।

तर, त्यसपछि गोल नहुँदा पुलिस २–१ले विजयी भयो । यो जितसँगै पसलिस ३१सहित चौथो स्थानमा उक्लिएको छ। फ्रेन्ड्स २४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

सोमबार नै भएको खेलमा एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ले हरायो।  एक गोलले पछि परेको अवस्था उल्टाउँदै खुमलटारले जित निकालेको हो । छैटौं मिनेटमा एग्योमाङको गोलमा हिमालयन शेर्पाले सुरुआती अग्रता लियो ।

तर, १७औं मिनेटमा मेसुकेले गोल खुमलटारलाई खेलमा फर्काए। ७६औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २–१ को महत्वपूर्ण जित दिलाए।

लिगमा सातौं जित निकालेको २४ अंकसहित अझै लिगको पुछारमै छ। हिमालयन शेर्पा २९ अंकसहित आठौं स्थानमा छ।

 

प्रकाशित मिति: २१:३५ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्