Kathmandu Press

बेथानचोक जिल्ला स्तरीय भलिबलको उपाधि खानीखोलालाई

सोमबार भएको फाइनलमा महांकाल खेलकुद विकास समितिलाई ३–०को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो। उसले २५–१९, २५–२०, २५–२२ को सोटमा हरायो।
बेथानचोक जिल्ला स्तरीय भलिबलको उपाधि खानीखोलालाई

काभ्रे, जेठ १५ : चौथो बेथानचोक कप जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका भलिबल क्लबले जितेको छ।

सोमबार भएको फाइनलमा महांकाल खेलकुद विकास समितिलाई ३–०को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो। उसले २५–१९, २५–२०, २५–२२ को सोटमा हरायो।

उपाधिसँगै खानीखोलाले ६० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा महांकालले ४० हजार रुपैयाँ प्राप्त गरेको थियो । यस्तै, सेमिफाइनल पुगेका महाभारत गाउँपालिका र पनौती नगरपालिकाले समान १५ हजार रुपैयाँ प्राप्त गरे।

बेथानचोक गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी थिए।

va1685373794.jpg

उपाधि विजेता खानीखोलाका सुमन थोकर सर्वोत्कृष्ट खेलाडी बने । यस्तै, महांकाल क्लबका सुदिप सिंतान उत्कृष्ट डिफेन्डर, खानीखोलाका मनराज आलेमगर उत्कृष्ट ब्लकर, खानीखोलाकै सुवास थोकर उत्कृष्ट सेटर, महांकालका सुनिल विक उत्कृष्ट स्पाइकर बने।

प्रतियोगिताको समापन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुदमा मनोरन्जन मात्र नभई यसले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्ने भएकोले स्थानीय स्तरमा खेलकुदका लगानी गर्न आवश्यक रहेको बताए। उनले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्दै सक्षम र सवल समाज निर्माण गर्न खेल क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको पनि औंल्याए।

यस्तै, उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगिता सम्पन्न पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिइन् । उनले खेलले सदभाव, सदाचार र सहयोग भाव विकास गर्ने बताइन्।

v1685373794.jpg

कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले खेल जीवनको अभिन्न पाटो भएको र युवालाई एकता, टिम भावना र सहकार्यको एउटै मालामा गाँसिन अभिप्रेरित बताए। उलने खेलकुदका लागि वडाले समेत लगानी गर्दै जाने भएकोले बेथानचोकको शीर उच्च पार्न खेलाडीलाई आग्रह गरे।

कार्यक्रममा बेथानचोक गाउँपालिका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले खेलकुदका लागि सिमित साधन स्रोतबाट पनि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा युवा पुस्ताको नेतृत्व हुने गरी बेथानचोक खेलकुदलाई नयाँ उचाइ र दिशा दिँदै जाने बताए।

प्रकाशित मिति: २१:०४ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्