एसएसपी राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति
इटहरी, माघ २० : बलात्कारको अभियोग लागेका एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
सोमबार जिल्ला अदालत सुनसर....

इटहरी, माघ २० : बलात्कारको अभियोग लागेका एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
सोमबार जिल्ला अदालत सुनसरीले एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला एसएसपी राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैँ हाजिर भएका थिए।
जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतले पाँच दिनको समय दिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।
इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक महिलाले शुक्रबार प्रहरीमा जाहेरी दिएकी थिइन्। तर, राणाले भने बलात्कार आरोपको झुटो भएको दाबी गर्दै आएका छन्।
बलात्कारको जाहेरी दर्ता भएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी राणालाई निलम्बन गरेको थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
