Kathmandu Press

त्रिवी मैदानमा अन्तर्राष्ट्रिय स्तरको बनाइने, थप ४ रंगशाला निर्माण गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने गर्दै फ्लड लाइट जडान सम्पन्न गर्ने बताए।
त्रिवी मैदानमा अन्तर्राष्ट्रिय स्तरको बनाइने, थप ४ रंगशाला निर्माण गर्ने

काठमाडौं, जेठ १५ : सरकारले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा फ्लड लाइटको जनाड गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने गर्दै फ्लड लाइट जडान सम्पन्न गर्ने बताए।

यस्तै, अर्थमन्त्री डा. महतले ४ वटा रंगशाला निर्माण गर्ने बताए। उनले राटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सूवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिने घोषण गरे।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो।

क्यान उक्त मैदानलाई लिजको रुपमा प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्