Kathmandu Press

अख्तियारको टोलीले घुस लिने र दिने दुवैलाई पक्रियो

काठमाडौं, माघ २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै जनालाई पक्राउ गरेको छ।

काठमाडौंको स्वयम्भुस्थित यातायात व्यवस्था ....

अख्तियारको टोलीले घुस लिने र दिने दुवैलाई पक्रियो

काठमाडौं, माघ २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै जनालाई पक्राउ गरेको छ।

काठमाडौंको स्वयम्भुस्थित यातायात व्यवस्था सेवा कार्यालयका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दीपक खतिवडालाई नियन्त्रणमा लिएको हो। शिवलाललाई दीपकले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घुसबापत १३ हजार दिँदै गर्दा पक्राउ गरेको हो।

अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो। दुवै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्