Kathmandu Press

कोरोना भाइरसबाट ३६२ मृत्यु, डेढ लाख निगरानीमा

काठमाडौं, माघ २० : चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय ६२ पुगेको छ। यसको संक्रमण भएको आशंकामा लाखौं मान्छेलाई निग....

कोरोना भाइरसबाट ३६२ मृत्यु, डेढ लाख निगरानीमा
एजेन्सी

काठमाडौं, माघ २० : चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय ६२ पुगेको छ। यसको संक्रमण भएको आशंकामा लाखौं मान्छेलाई निगरानीमा राखिएको छ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट तीन सय ६२ जनाले ज्यान गुमाएका छन्। जसमा एक जनाको मात्रै चीन बाहिर फिलिपिन्समा मृत्यु भएको छ।

त्यस्तै, १७ हजार तीन सय जनामा यसको संक्रमण भेटिएको छ। चीनमा करिब २१ हजर पाँच सय ५८ जनामा संक्रमण भएको आशंका गरिएको छ। त्यस्तै, वुहानलगायतका संक्रमण फैलिएको शहरका एक लाख ५२ हजार सात सय जनालाई निगरानीमा राखिएको छ। उनीहरूलाई स्वास्थ्यकर्मीको टोली सम्पर्क गरिरहेको जनाएको छ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार केही संक्रमित निको भएर पनि घर फर्केका छन्। सोमबारसम्म चार सय ७५ जना उपचार पछि घर फर्किएको जनाएको छ।

दशभन्दा बढी संक्रमित देखिएका देशहरु।

यससँगै चीनमा अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा स्वास्थ्यकर्मीको अभाव देखिएको छ। स्वास्थ्यकर्मीले घन्टौं उपचार गरिरहेको जनाएको छ।

केही अस्पतालमा औषधि समेत अभाव भएको जनाएको छ। अस्पताल बाहिर औषधि खरिद गर्नेको लामो लाइन लागिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। चिकित्सकलाई भेट्न १० घन्टासम्म कुर्नु परिरहेको जनाएको छ।

चीनले १७ हजार तीन समयमात्रै संक्रमित भएको भएपनि हङकङ विश्वविद्यालयले त्योभन्दा अत्यधिक भएको जनाएको छ। विज्ञहरूका अनुसार, ७५ हजार मान्छे संक्रमित भएका छन्।

कोरोना भाइरसले महामारीको रुप लिएपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन्। अमेरिका, बेलायत, जापान, भारत, सिंगापुरलगायतका देशले आफ्ना नागरिक फिर्ता लगेका छन्।

नेपालले पनि वुहान शहरमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने तयारी गरेको छ। वुहान र आसपासका क्षेत्रमा रहेका एक सय ८० जनाले नेपाल फर्किन निवेदन दिएका छन्।

 

प्रकाशित मिति: १३:१६ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्