भारतले जित्यो काभा महिला भलिबल उपाधि
आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई ३–०को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो।
काठमाडाैं, जेठ १४ : काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ। आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई ३–०को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो।
भारतले काजकिस्तानलाई २५–१५, २५–२२ र २५–१८ले हरायो। भारत उज्वेकिस्तानलाई हराउँदै फाइनल पुगेको थियो भने काजकिस्तानले नेपालको चुनौती पन्छाएको थियो।
भारतले अपराजित रहँदै उपाधि जितेको हो। उसले समूहमा तीनै खेले जितेको थियो । भारतले पहिलो पटक प्रतियोगितामा सहभागी जनाएको हो।
यसअघिका २ उपाधि जितेको नेपालले भने तेस्रो स्थानमा चित्त बुझायो। आजै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ले हराएको थियो।
प्रकाशित मिति: १८:०९ बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











