Kathmandu Press

पुलबाट खस्यो चामल बोकेको ट्रक

चितवन, माघ २० : चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खसेको छ ।

ट्रक खोल्सामा खस्दा चालक शेरबहाद....

पुलबाट खस्यो चामल बोकेको ट्रक

चितवन, माघ २० : चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खसेको छ ।

ट्रक खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन्। भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–५ मा आज बिहान  दुर्घटना परेको थियो।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्