खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जना पक्राउ
ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो।
काठमाडाैं, जेठ १४ : नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ।
ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो।
प्रहरीले झापा बिर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजारसहित पक्राउ गरेको थियो।
अनुसन्धानका सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झापाका विजय लिम्बू, माधव मेचे, विनोद लिम्बु र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए।
त्यस्तै ब्युरोले ३ किलो ६ सय ग्राम लागु औषध चरेस सहित थाइल्यान्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)