Kathmandu Press

सरस्वती पूजाको प्रसाद खाँदा ६७ विद्यार्थी बिरामी

सप्तरी, माघ २० : सरस्वती पूजाको प्रसाद खाँदा सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयका ६७ बालबालिका बिरामी परेका छ....

सरस्वती पूजाको प्रसाद खाँदा ६७ विद्यार्थी बिरामी

सप्तरी, माघ २० : सरस्वती पूजाको प्रसाद खाँदा सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयका ६७ बालबालिका बिरामी परेका छन्।

राष्ट्रिय प्राथमिक विद्यालयमा सरस्वती पूजाको प्रसाद खाँदा ति बालबालिका बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए। उनका अनुसार, विद्यालयमा अध्ययनरत विद्यार्थीले मूर्ति विसर्जनपछि आइतबार सरस्वती पूजाको प्रसाद खाएका थिए। त्यो खाएपछि विद्यार्थी तथा अभिभाव एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले बताए।

एक दिन पहिले बनाएको बासी तरकारी  र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको  जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताए। प्रमुख यादवका अनुसार ६७ जना विद्यार्थी फुड प्वाइजनिङ भएर बिरामी परेका हुन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

स्थानीय स्वास्थ्य संस्थामा ठाउँ नभएपछि केहीको विद्यालयमै राखेर उपचार भएको उनले बताए। उनका उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटिएको छ।

‘उपचार जारी छ, केही निको भएर घर फर्केका छन्। केहीको आज पनि उपचार भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवले भने, ‘सबैको अवस्था सामान्य छ।’

यससँगै सुरुङ्ग नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मीलाई  हरिपुरमा बोलाएर उपचार भइरहेको जनाएको छ।

प्रकाशित मिति: १०:११ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्