काभा वुमन्स भलिबलमा उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थानमा नेपाल
उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल कास्य पदक जितेको हो।
काठमाडौं, जेठ १४ : डिफेन्डिङ च्याक्पियन नेपाल काभा वुमन्स भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बनेको छ।
उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल कास्य पदक जितेको हो।
राखेपको कभर्ड हल त्रिपुरेश्वरमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो।
सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३–२ले पराजित भएको थियो भने उज्वेकिस्तान भारतसँग ३–० ले पराजित भएकोथियो। उपाधिका लागि आजै भारत र काजकिस्तान भिड्नेछन्।
प्रकाशित मिति: १३:३० बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











