मेसीको कीर्तिमानी गोलसँगै पीएसजी लिग वानको च्याम्पियन
शनिबार राति स्टार्सवर्गसँग १–१ को बराबरी खेलको पीएसजीले १ खेल बाँकी छँदै लिग उपाधि जितेको हो। पीएसजीलाई च्याम्पियन बन्न १ अंकको मात्रै खाँचो थियो।
काठमाडौं, जेठ १४ : अर्जेन्टिनी स्टार लियोनल मेसीले गरेको किर्तीमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।
शनिबार राति स्टार्सवर्गसँग १–१ को बराबरी खेलको पीएसजीले १ खेल बाँकी छँदै लिग उपाधि जितेको हो। पीएसजीलाई च्याम्पियन बन्न १ अंकको मात्रै खाँचो थियो। स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दा १ अंक बटुलेर पीएसजी च्याम्पियन बन्यो। पीएसजीसँग बराबरी खेलेको स्टार्सवर्ग पनि रेलिगेसनबाट बचेको छ।
लियोनल मेसीले ५९औं मिनेटमा गरेको गोल नै पीएसजीका लागि निर्याणक बन्यो। मेसीले केलियन एमबाप्पेको पासमा गोल गरे। खेलको ७९औं मिनेमा स्टार्सवर्गका केभिन गेमेरियोले गोल गर्दै पिएसजीबाट अंक खोसे।
स्टार्सवर्गविरुद्ध गरेको गोलसँगै मेसीले युरोपको शीर्ष ५ लिगमा क्रिस्टियानो रोनाल्डोले राखेको कीर्तिमानलाई तोडेका छन्। मेसीले युरोपको शीर्ष ५ लिगतमा ४९६ गोल पूरा गरेका छन्। यसअघि रोनाल्डोले ४९५ गोलको कीर्तिमानी राखेका थिए।











