Kathmandu Press

डर्टमन्ड रोकिँदा बायर्नले जित्यो लगातार ११औं पटक बुन्डेस लिगा उपाधि

लिगको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा बायर्नले लागतार ११औं पटक बुन्डेस लिगा उपाधि जितेको हो।
डर्टमन्ड रोकिँदा बायर्नले जित्यो लगातार ११औं पटक बुन्डेस लिगा उपाधि

काठमाडाैं, जेठ १३ : जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ। लिगको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा बायर्नले लागतार ११औं पटक बुन्डेस लिगा उपाधि जितेको हो।

यता, अन्तिम खेलमा बार्यन अन्तिम समयको गोल मद्दतमा विजयी भयो। अन्तिम खेलमा बायर्न विजयी र डर्टमन्ड रोकिँदा दुवैको समान ७१ अंक भएपनि गोलअन्तरका आधारमा बायर्नले बुन्डेस लिगा उपाधि जित्यो।

अन्तिम खेलमा डर्टमन्ड माइन्जसँग २–२को बराबरीमा रोकियो। खेलमा सेवास्टियन हेलरले पेनाल्टी चुकाउँदा डर्टमन्ड उपाधिबाट बञ्चित भयो।

खेलमा डर्टमन्डका लागि राफाइल गुइरेरो, निकोलस सुलेले गोल गरे भने माइन्जका आन्द्रेस ओल्सेन र ओनिसियोले गोल गरेका थिए। हेलरले पहिलो हाफमै पेनाल्टी मिस गरेका थिए।

यस्तै, महत्वपूर्ण खेलमा बायर्नले कोलोग्नेमाथि २–१को जित निकाल्यो। बार्यनलाई जित दिलाउन जमल मुसियालाले ८९औं मिनेटमा निर्णायक गोल गरे।

त्यसअघि किङ्सले कोमनले ८औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए। ८१औं मिनेटमा डेजन जुबिचले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए।

 

प्रकाशित मिति: २१:३२ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्