Kathmandu Press

शीर्ष स्थानको चर्च बोइजमाथि संकटाको जित, छाड्यो रेलिगेसन जोन

शनिबार दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको चर्च बोइज रेलिगेसन जोनको संकटा क्लबसँग १–० ले पराजित भयो।
शीर्ष स्थानको चर्च बोइजमाथि संकटाको जित, छाड्यो रेलिगेसन जोन

काठमाडाैं, जेठ १३ : सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थाको चर्च बोइज क्लब पराजित भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको चर्च बोइज रेलिगेसन जोनको संकटा क्लबसँग १–० ले पराजित भयो।

चर्च बोइजको पराजयसँगै लिगको उपाधि होड रोमाञ्चक बनेको छ। लिगको ४ चरणको खेल मात्र बाँकी हँदा चर्च बोइज, मछिन्द्र र जावलाखेल युथ क्लबबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। समान २२ खेलमा चर्च बोइजको ३८, मछिन्द्रको ३६ र जावलाखेलको ३४ अंक छ।

यता, लिगको रेलिगेसन जोनमा पनि तिब्र प्रतिस्पर्धा रहेको छ। चर्च बोइजलाई हराउँदै संकटा क्लब रेलिगेसनबाट माथि उक्लिएको छ। २६ अंकसहित ११औं स्थानमा उक्लिएको छ।

संकटालाई महत्वपूर्ण जित दिलाउन युसुफ एट्रिसले ६९ औं मिनेटमा निर्णायक गोल गरे।

 

प्रकाशित मिति: २१:१० बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्