हालान्ड बने प्रियिमर लिगको सर्वोत्कृष्ट खेलाडी
यसै सिरिज जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी आएका हालान्डले जारी सिरिज ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका छन्।
काठमाडाैं, जेठ १३ : नेर्वेजियन स्ट्राइकर इर्लिङ हालान्ड इंग्लिस प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। लिग च्याम्पियन म्यान्चेस्टर सिटीमा हालान्ड डेब्यू सिजनमै वर्षको उत्कृष्ट खेलाडी बनेका हुन्।
सिजनको उत्कृष्ट खेलाडी बन्ने क्रममा हालान्डले आर्सनलका बुकायो साका, मार्टिन ओडेगार्ड, म्यान्चेस्टर युनाइटेडका मास्कस रास्फोर्ड, टोटनहमा ह्यारी केन र न्युकासलका केइरन ट्रिपियरलाई पछि पारे।
यसै सिरिज जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी आएका हालान्डले जारी सिरिज ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका छन्। यो प्रिमियर लिगमा एउटै सिरिन कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो । यसक्रममा हालान्डले २९ वर्ष पुरानो रेकर्ड तोडे।
हालान्डकै उत्कृष्ट प्रदर्शन मद्दतमा सिटीले लागतार तोस्रो सिजन प्रिमियर लिग उपाधि जितेको छ । यस्तै, सिटी यो सिज ऐतिहासिक ट्रेबल नजिक छ।
अब उसले एफए कपको फाइनलमा म्यान्चेस्टरकै अर्को टिम युनाइटेडको सामाना गर्ने छ भने च्याम्पियन्स लिगका फाइनलमा इटालियन क्लब इन्टरमिलानको सामाना गर्ने छ।
२२ वर्षीय हालान्ड यो सिजन प्रिमियर लिगमा ४४ गोलमा प्रत्यक्ष संलग्न भएका छन्। यो सन् २००२/०३मा आर्सनलका थिएरी हेनरीको रेकर्ड बराबरी हो।
यो अवार्ड सिटीका खेलाडीले लागतार चौथो पटक जितेका हुन्। यसअघि सन् २०१९/२० र २०२१/२२मा केभिन डे ब्रुयन र सन् २०२०/२१ रुबेन डियासले जितेका थिए। त्यसअघि सन् २०११/१२मा भिन्सेन्ट कोम्पनीले पनि यो अवार्ड जितेका थिए।











