Kathmandu Press

बेथानचोकमा जिल्ला स्तरीय भलिबल सुरु

बेथानचोकमा जिल्ला स्तरीय भलिबल सुरु
Hardik ivfHardik ivf

काभ्रे, जेठ १२ : बेथानचोकमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रेफ्री संयोजक विजयकृष्ण बादेलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरे। अध्यक्ष अधिकारीले खेल सिकाईको एउटा दरिलो माध्यम भएको र यसले युवापुस्तामा अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता–असफलता, धैर्यता जस्ता सिपको विकास हुने बताउँदै गाउँपालिकाले खेलकुदका क्षेत्रमा लगानी गरिरहेको बताए।

उनले बजेटको सिमितताका बाबजुद खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिका प्रतिबद्ध भएको बताए। खेलले भाइचार बढाउने बताउँदै उनले  सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको र यसले पालिकाका खेलाडीको खेल कौशललाई थप निखार्दै विभिन्न प्रतियोगितामा पालिकाको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

bethanchwok1685173269.jpg

कार्यक्रममा बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख प्रमोद (सिताराम) तिमल्सिनाले गाउँपालिकको स्थापनासँगै भलिवल प्रतियोगिता गर्दै आएको र कोभिड १९ का कारण २ वर्ष रोकिए पनि त्यसपछि भने गाउँपालिकाले निरन्तर प्रतियोगिता गर्दै आएको बताए। उहाँले बेथानचोक भलिबलका लागि संभावना बोकेको क्षेत्र भएकाले गाउँपालिकाले अन्य खेलकुदका साथै भलिवलका लागि लगानी गरेको बताए।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. १ वडा अध्यक्ष मधुसुधन तिमल्सिना, वडा नं. २का पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ कुवेर ढकाल, गाउँपालिकाका पूर्वअध्यक्ष गोपालबहादुर तिमल्सिना, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मालगायतको उपस्थिति थियो।

१० टिम सहभगाी प्रतियागिता १५ गतेसम्म चल्ने छ। लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४० हजार र सेमिफाइनलमा पराजित दुई टिमले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्