Kathmandu Press

गिल चम्किँदा गुजरात लगातार दोस्रो पटक फाइनलमा

गिलले पछिल्ला ४ खेलमा तेस्रो शतक प्रहार गरेपछि गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हरायो।
गिल चम्किँदा गुजरात लगातार दोस्रो पटक फाइनलमा

काठमाडाैं, जेठ १३ : ओपनर शुबमन गिलले सानदार ब्याटिङ गरेपछि गुजरात टाइटन्स लगातार दास्रो पटक आईपिएलको फाइनलमा प्रवेश गरेको छ। गिलले पछिल्ला ४ खेलमा तेस्रो शतक प्रहार गरेपछि गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हरायो।

घरेलु मैदान अहमदावादमा पहिला ब्याटिङ गर्दै गुजरातले दिएको २३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो। उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए। उनले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै, नितल बर्माले १४ बलमा ४३ रनको विस्फोटक इनिङ खेले। उनले ५ चौका र ३ छक्का प्रहार गरे। क्यामरुन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए।

बलिङमा गुजराजतका लागि मोहित शर्माले घातक बलिङ गरे। आईपिएलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा उनले २.२ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिए । यस्तै, मोहम्मद सामी र रसिद खानले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ३ विकेट गुमाएर २ सय ३३ रन बनायो। जारी सिजन उत्कृष्ट फर्ममा रहेका गिलले ६० बलमा ७ चौका र १० छक्का प्रहार गर्दै १२९ रन बनायो । यो गिलको व्यक्तिगत र जारी सिजनको उच्चस्कोर हो। चौथो खेलमा तेस्रो शतक प्रहार गरेका गिलले कुल ८९६ रन बनाएका छन्।

यस्तै शुदर्शन ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदा हार्दिक पाण्ड्याले १३ बलमा २८ ऋद्धिमान शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए। मुम्बईका लागि पियुष चावला र आकाश मधवालले समान १ विकेट लिए ।

अब गुजराजतले उपाधिका लागि आइतबार चेन्नई सुपरकिंगससँग खेल्ने छ। चेन्नई पहिलो क्वालिफायरमा गुजरातलाई नै हराउँदै फाइनल पुगेको हो।

 

प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्