Kathmandu Press

चीनमा आठ दिनमा बनाईएको सुबिधा सम्पन्न अस्पतालको उद्घाटन आज

काठमाडौं, माघ २० : चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनम....

चीनमा आठ दिनमा बनाईएको सुबिधा सम्पन्न अस्पतालको उद्घाटन आज

काठमाडौं, माघ २० : चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा तयार पारिएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ ।

बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ । यस्तै चीनले १० हजार शैयाको अर्को अस्पताल पनि बनाइरहेको छ ।

दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने  राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता जियाओ याहुइले बताएका बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सयभन्दा धेरैको ज्यान गैसकेको छ भने चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको थियो । 

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्