नेपाल काभा महिला भलिबलकाे सेमिफाइनलबाट बाहिरियो, काजकिस्तानसँग ३–२ले पराजित
शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसँग ३–२ले पराजित भएपछि नेपाल फाइनल पुग्नबाट बञ्चित भएको हो।
काठमाडाैं, जेठ १२ : घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसँग ३–२ले पराजित भएपछि नेपाल फाइनल पुग्नबाट बञ्चित भएको हो।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नेपालले ३०–२८ ले गुमाएको थियो । त्यसपछि लगातार दुई सेट जित्दै नेपालले खेलमा पुनरागमन गरेको थियो । नेपालले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१५ले जितेको थियो ।
चौथो सेटमा भने काजकिस्तानले पुनरागमन ग¥यो। उसले चौथो सेट २५–१८ले जित्दै खेललाई पाँचौं सेटमा लग्यो । पाँचौं सेटमा खेल १५–७ले जित्दै काजकिस्तान फाइनल पुग्यो।
यता, प्रतियोतिगाको उपाधिमा ह्याट्रिक गर्ने नेपालको योजना भने सफल हुन सकेन। यसअघि नेपालले काभा महिला भलिबलमा लागतार दुई उपाधि जितेको थियो।
आइतबार हुने फाइनलमा काजकिस्तानले भारतको सामाना गर्ने छ। भारत आजै भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई ३–०को सोझो सेटमा हराउँदै फाइनल पुगेको हो।
नेपालले आइतबार नै तेस्रो स्थानका लागि उज्वेकिस्तानको सामना गर्ने छ।











