खुमलटारमाथि पुलिसकाे सहज जित
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो।
काठमाडाैं, जेठ १२ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जित हासिल गरेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो।
खेलका पुलिसका भरत शाहले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए भने मोहमद आसिफले ८८ औं मिनेट गोल गरेका थिए।
जितसँगै पुलिसले २१ खेलमा २८ अंक जोडेको छ। समान खेल खेलेको खुमलटारको २१ अंक रहेको छ।
प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार