यु-२० महिला एसियन कप छनोटका लागि नेपाली टिमको घोषणा
एन्फाले एसियन कपको दोस्रो चरणको छनोटका लागि शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेको हो।
काठमाडाैं, जेठ १२ : अखिल नेपाल फुबटल संघ (एन्फा) ले एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाली महिला टिमको घोषणा गरेको छ।
एन्फाले एसियन कपको दोस्रो चरणको छनोटका लागि शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेको हो।
केही समयको बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक याम गुरुङले नेपाली टिम घोषणा गरेका हुन्। जुन ३ देखि ११ सम्म म्यानमार हुने छनोटमा नेपालल समूह बीमा छ । यो समूहमा छनोटनमा नेपालसहित चीन, म्यानमार र चाईनिज ताइपे छन्।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूहको शीर्ष स्थानमा रहँदै नेपाल दोस्रो चरणमा छनोट भएको हो। दोस्रो चरणमा नेपालले म्यानमारसँग जुन ६ मा पहिलो खेल खेल्नेछ। यस्तै, जुन ८ मा चीन र जुन १० मा चाइनिच ताइपेइसँग खेल्नेछ।
समूहको शीर्ष २ मा रहन सके नेपाल उज्वेकिस्तानमा यु-२० महिला एसियन कपमा छनोट हुनेछ।
काेकाे परे टिममा?
कविता विक, लिला जोशी, सावित्री किसान ९गोलकिपर०, सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ ९डिफेन्डर०, सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी ९मिडफिल्डर०, गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान (स्ट्राइकर) ।