Kathmandu Press

नेपाल टेलिभिजनका कर्मचारीले बार्षिक उत्सव बहिष्कार गर्ने

काठमाडौं, माघ १९ : नेपाल टेलिभिजनका कर्मचारीहरुले आफ्ना माग सुनुवाई नगरी अनावस्य आर्थिक भार थप्नेगरी अघि बढेको भन्दै सोमबार हुने बार्षिक उत्सव कार्यक्....

नेपाल टेलिभिजनका कर्मचारीले बार्षिक उत्सव बहिष्कार गर्ने

काठमाडौं, माघ १९ : नेपाल टेलिभिजनका कर्मचारीहरुले आफ्ना माग सुनुवाई नगरी अनावस्य आर्थिक भार थप्नेगरी अघि बढेको भन्दै सोमबार हुने बार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने भएका छन्। 

नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीका बृत्ति विकास लगायत यसअघि पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका कारण देखाउँदै बार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने उल्लेख गरेको छ।

विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा भाष्दै धरासाई बनाउने उच्च व्यवस्थापनको पछिल्ला कार्यहरुप्रति भत्सना पनि गरिएको छ। 

‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैया बिरुद्ध माघ २० गते टेलिभिजन कार्यलयमा हुने बार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’ संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्