अध्ययन भन्छ- चाँडै महिनावारी हुदा स्वास्थ्यमा समस्या हुन्छ
समयभन्दा अगाडि नै महिनावारी बन्द वा मिनोपज भए महिलाको स्वास्थ्यमा विभिन्न समस्या हुने अनुसन्धानले देखाएको छ।
तुलनात्मक रूपमा ५० वा ५१ वर्षको उमेरमा मिनोपज हु....

समयभन्दा अगाडि नै महिनावारी बन्द वा मिनोपज भए महिलाको स्वास्थ्यमा विभिन्न समस्या हुने अनुसन्धानले देखाएको छ।
तुलनात्मक रूपमा ५० वा ५१ वर्षको उमेरमा मिनोपज हुने महिला बढी स्वस्थ हुने सङ्केत सो अध्ययनले गरेको छ। उच्च आय भएका देशमा महिलाको एक तिहाइ जीवन मिनोपजपछि सुरू हुन्छ।
अघिल्ला अनुसन्धानले ४० वर्ष वा कम उमेरमा मिनोपज भए मुटु तथा श्वासप्रश्वास र मधुमेह लगायतका रोगको जोखिम बढी हुने देखाएको थियो। ह्युमन रिप्रोडक्सनमा प्रकाशित नयाँ अध्ययनले पहिलो पटक प्राकृतिक मिनोपज र मल्टिमोर्बिडी भनिने विविध स्वास्थ्य समस्याको सुरुवातबीच हुने सम्बन्धको परीक्षण गरेको छ।
अष्ट्रेलियाको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणमा सहभागी पाँच हजार एक सय जना महिलाबाट अध्ययनको तथ्याङ्क निकालिएको छ। सन् १९९६ देखि २०१६ सम्म तीन वर्षको अवधिमा सहभागी महिलाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, आघात, बाथ, ओस्टियोपोरोसिस, दम, उदासिनता, चिन्ता वा स्तन क्यान्सर लगायतका रोग देखा परे नपरेको जानकारीले दिएका थिए।
एकै पटक माथि उल्लेखितमध्ये दुई वा बढी समस्या हुनुलाई “मल्टिमोर्बिडिटी” भनिएको छ। महिनावारी नभई १२ महिनापछि ती महिलाको प्राकृतिक मिनोपज सुरू भएको मानिएको छ। दुई दशकको अनुसन्धानमा समयभन्दा अघि नै मिनोपज भएका २.३ प्रतिशत महिलामध्ये आधाभन्दा धेरैलाई “मल्टिमोर्बिडिटी” भएको पाइयो।
५० देखि ५१ वर्षको उमेरमा मिनोपज भएका महिलाको तुलनामा ६० वर्ष पुगेपछि मल्टिमोर्बिडिटी हुने सम्भावना उनीहरूमा दोब्बर बढी थियो। ६० वर्षपछि जोखिम बढेर तीन गुणा भएको अध्ययनले देखाएको छ।
“समयभन्दा अघि नै मिनोपज भएका पैतालिस प्रतिशत महिलालाई ६० को दशक पुग्दा मल्टिमोर्बिडिटी भएको छ,” अध्ययन प्रतिवेदनकी सह लेक तथा चीनको झेजियाङ विश्वविद्यालयकी अनुसन्धान प्राध्यापक स्याओलिन सुले बताइन्।
समयभन्दा अघि नै हुने मिनोपजले मल्टिमोर्बिडिटी विकास हुन्छ हुँदैन भन्ने अध्ययनले देखाएको छैन। तर दुईबीच बलियो सह सम्बन्ध भएको अनुसन्धान प्रतिवेदनका लेखकले बताएका छन्।
“अधवैंशे र प्रारम्भिक वृद्धावस्थाका महिलामा मल्टिमोर्बिडिटी सामान्य भएको हाम्रो अनुसन्धानले देखाएको छ,” वरिष्ठ लेखक गीता मिश्राले भनिन्। मिश्रा क्विन्स्ल्यान्ड विश्वविद्यालय अष्ट्रेलियाको सेन्टर फर लङ्गिच्युडिनल एन्ड लाइफ कोर्स रिसर्चकी निर्देशक हुन्।
अध्ययनको क्रममा महिलाबाट जन्मिएका सन्तान, शिक्षाको स्तर, बडि मास इन्डेक्स, सुर्ती उपभोग, र शारीरिक गतिविधिलाई पनि ध्यानमा राखिएको थियो।
प्राकृतिक मिनोपज अनुभव गर्ने महिलाको उपचार गर्दा स्वास्थ्यकर्मीले वृहत स्वास्थ्य परीक्षण र जोखिमको मुल्याङ्कन गर्नुपर्ने लेखकहरूले सुझाव दिएका छन्।



-1771243509.jpg)








