देशभर आज हल्का वर्षाको सम्भावना
काठमाडाैं, जेठ १२ः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: १०:३५ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२८ सहसचिवको एकैपटक सरुवा, काे कहाँ पुगे? (सूचीसहित)शुक्रबार, वैशाख १४, २०८१
गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी?शुक्रबार, वैशाख १४, २०८१
डेढ केजी बढी सुन र झन्डै डेढ कराेड नगदसहित सात जना न्युरोडबाट पक्राउशुक्रबार, वैशाख १४, २०८१
विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोधशुक्रबार, वैशाख १४, २०८१