Kathmandu Press

मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज बराबरी, फ्रेन्ड्ससँग सातदोबाटो पराजित

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बरावरी खेलेका हुन्।
मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज बराबरी, फ्रेन्ड्ससँग सातदोबाटो पराजित

काठमाडाैं, वैशाख ११ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन्।

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बरावरी खेलेका हुन्। खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन।

Hardik ivf

बराबरीसंगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे। जितसंगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ। सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ। 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, जेठ ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्