विभागीय डर्बीमा आर्मीको सान, पुलिसले जोगाउन सकेन दुई पटकको अग्रता
काठमाडौं, माघ १९ : सहिद स्मारक ए डिभिजन लिगको विभागीय ‘डर्बी’ भिडन्तमा त्रिभुवन आर्मी क्लबले बाजी मारेको छ।
आइतबार दशरथ रं....

काठमाडौं, माघ १९ : सहिद स्मारक ए डिभिजन लिगको विभागीय ‘डर्बी’ भिडन्तमा त्रिभुवन आर्मी क्लबले बाजी मारेको छ।
आइतबार दशरथ रंगशालामा भएको डर्बी भिडन्तमा आर्मीले पुलिस क्लबमाथि ४–२ को जित निकालेको हो। आर्मीको जितमा राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ नायक सावित भए।
उनले खेलको अन्तिम १५ मिनेटमा २ गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए। र, उपाधि होडमा पनि आर्मीलाई अग्रस्थानमा उभ्याए।
डर्बी भिडन्तमा महत्वपूर्ण जित निकाल्दै आर्मी पुनः लिगको शीर्ष स्थानमा फर्किएको छ। आर्मीले १० खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा १ अंकको अग्रता कायम गरेको छ। दोस्रो स्थानको मच्छिन्द्रले २२ अंक जोडेको छ। १९ अंकका साथ मनाङ मरस्याङ्दी तेस्रो स्थानमा छ।
आर्मीको कमब्याक जित, पुलिसले जोगाउन सकेन् दुई पटकको अग्रता
आइतबारको खेलमा आर्मीले उत्कृष्ट कमब्याक जित निकाल्यो। खेलमा आर्मी दुई पटकपछि परेको थियो, तर उसले खेलको अन्त्य भने सुखद् रुपमा ग¥यो। २० औं मिनेटमा बुद्धबल तामाङको गोलमा पुलिस अग्रता लिएको थियो। उनले निरकुमार राईको फ्रिकिकमा उत्कृष्ट हेडिङ गोल गरेका थिए।
३४ औं मिनेटमा आर्मीका सुमन अर्यालले सन्तोष तामाङको फ्रिकिकमा हेडिङमार्फत नै गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पुनः पुलिसले अग्रता लियो।
खेलको तेस्रो गोल पनि हेडिङमार्फत नै सम्भव भयो। ५८ औं मिनेटमा पुलिसका मानबहादुर परियारले कप्तान नीरकुमारकै कर्नरमा हेडिङमार्फत गोल गरेका थिए।
खेलमा २–१ ले पछि परेलगत्तै आर्मीले दुई खेलाडी परिवर्तन ग¥यो र दुवै विंग्सबाट पुलिसलाई दबाब दिने रणनीति बनायो। उसले स्ट्राइकर जर्जप्रिन्स कार्कीको स्थानमा विवेक बस्नेत र दिनेश हेम्जनको स्थानमा टेकबहादुर बुढाथोकीलाई मैदान छिराएको थियो।
त्यसपछि आर्मी अट्याकिङ फुटबल खेल्दै पुलिसलाई दबाबमा राख्यो। ७७ औं मिनेटमा सुदील राईको क्रसमा नवयुगले हेडिङमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेल बराबरीमा आएपछि आर्मीले पुलिसमाथि थप दबाब दियो।
८५ औं मिनेटमा नवयुगले नै उत्कृष्ट गोल गर्दै आर्मीलाई खेलमा अग्रता दिलाए। उनले कप्तान भरत खवासको क्रसमा पुलिसका डिफेन्डरले क्लियर गर्न असफल भएपछि प्राप्त बलमा गोल गरेका थिए। ८९ औं मिनेटमा सुदीललाई डिबक्स बाहिरबाट प्रहार गरेको पावरफुट सट गोलमा परिणत भएपछि आर्मी ४–२ ले विजयी भयो।
के भन्छन् प्रशिक्षक ?
पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले स्कोर मात्र आफ्नो पक्षमा नआएको बताए। उनले पुलिसले अहिलेसम्मै उत्कृष्ट प्रदर्शन गरेको बताए।
‘खेलमा धेरै अवसरहरु सिर्जना भए। आर्मीविरुद्ध हामीले युवा खेलाडीलाई मौका दिएका थियौं। उनीहरुले योजना अनुसार नै खेले,’ प्रशक्षिक थापाले भने, ‘आर्मीको पेस एकदमै राम्रो छ, त्यसलाई पनि डोमिनेट गर्ने रणनीति थियो। खेलाडीले आर्मीको पेसलाई डोमिनेट गरेरै खेले।’
प्रशिक्षक थापाले आर्मीविरुद्ध उत्कृष्ट खेलेको भन्दै आगामी खेलमा पनि यस्तै प्रदर्शन गरे लिग टप सिक्सभित्र सकाउन सकिने बताए। उनले टिमको डिफेन्समा भने कमजोरी रहेको बताए।
यसैगरी आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरू तीन अंकका लागि खेलेको र त्यो लक्ष्य पुरा भएको बताए। ‘२–१ पछि परेपनि हाम्रो टार्गेट उपाधि हो, जसरी पनि हामीले ३ अंकका लागि खेल्नु पर्छ भावना सबै खेलाडीमा भएकाले जित निस्कियो,’ प्रशिक्षक न्यौपानेले भने।
न्यौपानले पुलिसविरुद्ध जित निकाले पनि उपाधि होड कठिन भएको पनि बताए। उनले मच्छिन्द्र्रविरुद्धको खेल निकै महत्वपूर्ण भएको बताए।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
