Kathmandu Press

नेबिसंघमा २ उपसभापति र ५ महामन्त्री नियुक्त

काठमाडौं, माघ १९ : नेपाल विद्यार्थी संघको तदर्थ समितिमा उपसभापति र महामन्त्री सहित थप ७ जना मनोनित भएका छन्।

आइतबार कांग्रेस सभापति शेरबहादु....

नेबिसंघमा २ उपसभापति र ५ महामन्त्री नियुक्त

काठमाडौं, माघ १९ : नेपाल विद्यार्थी संघको तदर्थ समितिमा उपसभापति र महामन्त्री सहित थप ७ जना मनोनित भएका छन्।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले संघ तदर्थ समितिमा दुई उपसभापति र ५ महामन्त्री मनोनयन गरेका हुन्। 

उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल मनोनित भएका छन् भने महामन्त्रीमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना  र स्याङ्जाका युवराज पाण्डे मनोनयन भएका छन्।

यसअघि  कांग्रेस सभापति देउवाले नेविसंघ सभापतिमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेका थिए । 
 
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्