Kathmandu Press

मछिन्द्र रोकियो, फाइदा चर्च बोइजलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो।
मछिन्द्र रोकियो, फाइदा चर्च बोइजलाई

काठमाडाैं, जेठ १० : उपाधि होडमा रहेको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगमा बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो।

यो बराबरीको प्रत्यक्ष फाइदा शीर्ष स्थानको चर्च बोइज युनाइटेडलाई भएको छ। शीर्ष स्थानमा रहेको चर्च बोइजले एक खेल बढी खेलेको मछिन्द्रमाथि २ अंकको अग्रता बनाएको छ।

दोस्रो स्थानमा रहेको मछिन्द्रको २१ खेलबाट  ३५ अंक हुँदा भने २० खेलमा चर्च बोइजको ३७ अंक छ। बिहीबार च्यासल मैदानमा हुने खेलमा मनाङलाई हराउन सके चर्च बोइजले ५ अंकको अग्रता बनाउने छ। २१ खेलबाटै ३४ अंकसहित जावलाखेल तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति: २१:०७ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्