Kathmandu Press

काभा महिला भलिबल : समूहको अन्तिम खेलमा नेपाल भारतसँग पराजित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो।
काभा महिला भलिबल : समूहको अन्तिम खेलमा नेपाल भारतसँग पराजित

काडमाडौं, जेठ १० : घरेलु मैदानमा एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाली महिला टिम भारतसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो।

Hardik ivf

लागतार तीन जित निकालेको भारत समूह एको विजेताको रुपमा सेमिफाइनल पुग्यो भने नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। भारतसँगको खेलअघि नै नेपाल सेमिफाइनल पुगिसकेको थियो।
 
अब सेमिफाइनल खेलमा नेपालले समूह बीको विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ  भारतले सेमिफाइनलमा समूह बीको उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ।

भारतविरुद्ध नेपालले पहिलो सेट १२–२५ र दोस्रो सेट २४–२६ले गुमाएको थियो। त्यसपछि तेस्रो सेट २५–२० ले जित्दै नेपालले खेलमा फर्कने आशा जगाएको थियो । तर, चौथो सेट २५–२१ ले गुमाएपछि नेपालले खेल पनि ३–१ले गुमायो।

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्