एपिएफसँग संकटा र एनआरटीसँग आर्मी पराजित
बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
काठमाडाैं, जेठ १० : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ।
बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए।
त्यसपछि खेलको ५०औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए। जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ। संकटाको २१ खेलमा २३ अंक रहेको छ।
त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ।
एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे। जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ। आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ।