चीनले नेपालीलाई राम्रोसँग राखेको छ, आत्तिनु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपालीलाई राम्रोसँग राखेकाले आत्तिनु नपर्ने बताएका छन्।
चीनको वुहानमा फैल....

काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपालीलाई राम्रोसँग राखेकाले आत्तिनु नपर्ने बताएका छन्।
चीनको वुहानमा फैलिएको कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाएको र संक्रमण फैलिँदै गएकाले त्यहाँ रहेका नेपालीहरुको उद्दा गर्नु पर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले चीनले नेपालीलाई राम्रोसँग राखेकाले आत्तिनु नपर्ने बताएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई समापनका क्रममा सम्बोधन गर्दै अध्यक्षसमेत रहेका ओलीले चीनमा नेपाली विद्यार्थी आरामका साथ बसेको बताए।
‘वुहानमा फैलिएको कोरोना भाइरसका विषयमा सरकार सजक छ। आवश्यक परे नेपालीहरुलाई त्यहाँबाट उद्दार गरिन्छ। आत्तिनु पर्दैन,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसमात्रै नभएर अरु प्रकारका भाइरसबाट पनि बच्नु पर्ने बताए। उनले अब नेपालमा कोरोना भाइरस नभएको बताए। ‘चीनबाट आएका एक जनामा कोरोनाको लक्षण देखिएको छ। उनको उपचार पनि भइसकेको छ,’ ओलीले भने,‘हामी त्रसित होइन सजग हुनुपर्छ।’










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
